सुनचाँदीको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2022 | 11:40:16 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको बढेको छ । बुधबार तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै बढेर ९७ हजार १ सय रुपैयाँ पुगेको छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार २६५ रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ६७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार २४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved