सुनको भाउ बढ्यो, कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 11:08:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ । 

आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको छ । 

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार ५९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८३ हजार १६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ७१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved