तोलामा ३ सयले बढ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2022 | 10:45:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार तोलाको ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ३ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय २५ रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ६४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved