सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2022 | 11:13:13 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार रुपैयाँ ८ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले नै बढेर प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भईरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ७३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved