तोलामा १ हजारले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 10:44:34 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा १ हजार रुपैयाँले नै घटेर प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच भइरहेको छ । 

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ४ सय ४५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved