सुनको भाउ बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2022 | 10:43:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १४५ सय रुपैयाँमा झरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ५ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७८ हजार १ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ८१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved