तोलामा ३ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2022 | 10:45:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ भने प्रतितोला १ हजार २६५ रुपैयाँमा स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८० हजार ५ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८० हजार १ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved