तोलामा ३ सयले सस्तियो सुन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 11:18:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनको भाउमा केही गिरावट आएको छ । आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ सय रुपैयाँमा आइपुगेको छ । 

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर १९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ९ सय ५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ४ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved