तोलामा ७ सयले घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 11:42:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ७ सय रुपैयाँले नै घटेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ९ सय ९० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ५ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved