घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 10:47:24 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको १ लाख ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ४ सय रुपैयाँले नै घटेर ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८५ हजार ६ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार २ सय २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved