फेरि १ लाख नाघ्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 10:41:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै बढेर तोलाको १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ८३ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved