तोलामा ८ सयले बढेर १ लाख १ हजारबाट पनि उकालो लाग्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 10:54:05 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढे प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ८ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार ७ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८६ हजार ३ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved