तोलामा २ सयले बढ्यो सुनको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 10:57:45 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनको मूल्य बढेको छ। आइतबार र सोमबार  तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ सयले बढेर १ लाख ७ सयमा कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुनको मूल्यमा पनि २ सयले वृद्धि भएको छ। आज तेजाबी सुन १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने आज पनि स्थिर रहेको छ। चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार ३ सय ३५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ९ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved