सुनको मूल्य ४ सयले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 10:44:48 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको मूल्य बढेको छ। मंगलबार तोलाको १ लाख ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४ सयले बढेर प्रति तोला १ लाख १ हजार १ सयमा कारोबार भईरहेको हो। छापावाल सँगै तेजाबी सुनको मूल्य पनि तोलामा ४ सयले वृद्धि भएको छ। आज तेजाबी सुन प्रति तोला १ लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदी पनि तोलामा दश रुपैयाँले बढेको । चाँदी प्रतितोला १ हजार ४ सय  रुपैयाँमा कारोबार भईरहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार ६ सय ७५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८६ हजार २ सय ४५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved