सु्नको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा भईरहेको छ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2023 | 12:07:50 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ। मंगलबार तोलाको १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३ सयले बढेर १ लाख २ हजार ९ सयमा प्रति तोला  भईरहेको हो। छापावाल सँगै तेजाबी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको भाउमा भने गिरावट आएको छ। तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८८ हजार २ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८७ हजार ७ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय  रुपैयाँ कायम गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved