सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 10:48:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ८ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved