सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2023 | 11:11:43 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ बढेको छ । शुक्रबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा ७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख २ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८८ हजार ४ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८८ हजार ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved