सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2023 | 10:42:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा ४ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार ४ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८० रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved