बढ्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2023 | 10:38:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ पनि आज प्रतितोला ५ सय रुपैयाँले नै बढेर तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ८७ हजार ७ सय ५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार २ सय ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved