
आज बिहिबार सुनचाँदीको मूल्य बढेको छ। बुधबार तोलाको १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको भाउ पनि आज प्रतितोला १२ सय रुपैयाँले नै बढेर तोलाको १ लाख ८ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ४ सय ५० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९१ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ६६ रुपैयाँ कायम भएको छ।