सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2023 | 11:34:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको भाउ घटेको  छ । शुक्रबार  तोलाको १ लाख ९ हजार ८ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको भाउ पनि आज प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ७० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ६ सय २० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९३ हजार १  सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved