आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 24, 2023 | 10:47:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन पनि तोलामा ३ सयले घटेर प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९६ हजार २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९५ हजार ५ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ५२ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved