सुनको भाउले बनायो फेरि नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 10:49:05 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको मुल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । पछिल्ला दिनमा लगातार बढेको सुन हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बुधबार प्रतितोला १ लाख १३ हजार २ सय  रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि गत साउन ४ गते सुन प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको मुल्य पनि आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।  चाँदीको मुल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय  ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९७ हजार ४ सय ८० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९७ हजार १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९६ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved