एक हजार रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2023 | 10:51:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजारले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै तेजावी सुन पनि तोलामा एक हजार रुपैयाँले घटेर आज एक लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदी भाउमा बुधबार ३५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ५ सय ९५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार १ सय २५ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८५ रुपैयाँ ५० पैसा तोकेको छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved