सुनको भाउ घट्यो , चाँदी स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 11:29:05 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको दोस्रो दिन आज सोमबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन पनि तोलामा ५ सयले घटेर प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९८ हजार ९३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ४ सय ६५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय १३ रुपैयाँ तोकेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved