तिहार लगत्तै बढ्यो सुनको भाउ, तोला मै २३ सय रुपैयाँको वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2023 | 12:39:14 PM मा प्रकाशित

laxmi  sunrise bank

आज सुनचाँदीको भाउ बढेको छ । तिहार विदा अघि प्रतितोला  एक लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य भने तोलामा ७० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य ९९ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९८ हजार ५५५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४३ रुपैयाँ तोकेको छ  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved