बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2023 | 10:53:11 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँले बढेको छ ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य आज ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २२५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ७५० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ७३ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved