आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 10:47:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सुनको भाउ बढेको भने चाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको फेरी नयाँ रेकर्ड कायम गरेको छ । 

यसदिन छापावाला सुन प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख २१ हजार  सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख ४ हजार २५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ३ हजार ७३५ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय २४ रुपैयाँ ५० पैसा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved