२४ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 10:38:44 AM मा प्रकाशित

laxmi  sunrise bank

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला एक लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । 

यसदिन छापावाला सुन प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार १९५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ७२५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ८६ पैसा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved