घट्यो सुनचाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 10:51:44 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय घटेको हो । 

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख १ हजार ७४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २७० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय २२ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved