५ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 11:02:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ५ सय घटेको हो । 

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख १ हजार ३१० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ९९ हजार ८४० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved