ह्वात्तै घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2024 | 10:34:58 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २२ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यस्तै आज तेजावी सुन पनि तोलामा २२ सय रुपैयाँले नै बढेर  प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको ५० रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ३८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ७२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ५७.५० रुपैया तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved