नेपालमा बाल मृत्युदर घट्दो क्रममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 02:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय नेपालमा बाल मृत्युदर घट्दो क्रममा रहेको पाईएको छ । केन्दीय तथ्यांक विभागले सार्वजनिक गरेको बहुसूचक सर्वेक्षण २०७५÷०७६ को प्रतिवेदन अनुसार ५ वर्षको तुलनामा पछिल्लो समय बाल शिशु मृत्युदर घट्दो क्रममा रहेको पाईएको हो । 

विभागले गरेको सर्वेक्षण अनुसार २०७१ सालमा प्रति १ हजार जीवित जन्मेका शिशुहरुमध्ये १ वर्ष उमेर नपुग्दै ३३ शिशु मृत्यु भएकोमा २०७६ मा उक्त संख्या घटेर २५ मा झरेको छ । यसैगरी सोही अबधिमा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति १ हजार जीवित जन्मेका बालबालिकामध्ये ५ वर्ष उमेर नपुग्दै ३८ जना बाल मृत्युबाट घटेर २८ जनामा झरेको छ । 

१ हजार नवजात शिशुहरुमध्ये १ महिना उमेर नपुग्दै जीवित जन्मेका २३ जना नवजात शिशुको मृत्युभएकोमा हाल उक्त संख्या घटेर १६ मा झरेको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । 

जसमा नवजात शिशु मृत्युदर सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेको छ । उक्त प्रदेशमा प्रति १ हजार जन्ममा २५ नवजात शिशुको मृत्यु भएको छ भने सबैभन्दा कम बागमती प्रदेशमा ९ जना रहेको छ । यसैगरी १ हजार शिशुमध्येमा सबैभन्दा धेरै मृत्युदर लुम्बिनी प्रदेशमा रहेको छ । उक्त प्रदेशमा ३५ शिशुको मृत्यु भएको थियो भने सबैभन्दा कम प्रदेश २ मा १५ जना रहेको थियो । 

५ वर्षमुनिका बालबालिका बालमृत्युदर मध्येमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा ४० र सबैभन्दा कम बागमती प्रदेशमा १९ रहेको छ । विभागले उत्त सर्वेक्षणमा नेपालभर ५१२ क्षेत्रमध्येमा शहरी क्षेत्रबाट २९० र ग्रामीण क्षेत्रबाट २२२ गणना क्षेत्र छुट्टायर तथ्यांक संकलन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved