नीजि क्षेत्रले पनि कोरोना विरुद्दको खोप आयात गर्न पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2021 | 05:29:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नीजि क्षेत्रलाई पनि कोरोना भाइरस विरूद्धको खोप आयातको अनुमति दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई कारोना विरुद्दको खोप उलब्ध गराउन खोप आयात गर्नका लागि नीजि क्षेत्रलाई पनि अनुमति दिईने बताएका हुन् । 

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रममा ओलीले निजी क्षेत्रलाई समेत खोप आयातको अनुमति दिनेबारे छलफल भएको जानकारी गराएका हुन् । सरकारको तर्फबाट पनि जतिसक्दो चाँडो खोप ल्याउने पहल भईरहेको र ल्याएपछि सबभन्दा पहिले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जेष्ठ नागरिकलाई लगाइने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved