बिरामी जाँच्दा डाक्टरले लिने शुल्क बढ्यो, अब कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 02:11:37 PM मा प्रकाशित

laxmi  sunrise bank

डाक्टरहरूले बिरामी जाँच्दा लिने शुल्क बढेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले बुधबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श तथा बिरामी जाँच शुल्क बढाएका हुन् । बढेको शुल्क आज बुधबारदेखि नै लागू हुनेछ ।

स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको संयुक्त संघर्ष समितिसँग स्वास्थ्य मन्त्रालयले गत माघ ४ गते गरेको सम्झौता अनुसार चिकित्सकहरूको परामर्श शुल्क ३० दिनभित्र लागू गर्ने प्रतिबद्धता जनाएको थियो । चिकित्सक संघ र अफिनले मंगलबार बैठक बसेर राष्ट्र बैंकको मुद्रा स्फीति तथा शुल्क परामर्श समितिको सिफारिस अनुसारको शुल्कलाई आधार मानेर नयाँ शुल्क तोकेको हो ।

कति छ नयाँ शुल्क ?

पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३७० र ५ वर्ष बढी अनुभव भएका डाक्टरको शुल्क ४५० रुपैयाँ तोकिएको छ । एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले बिरामी जाँच वापत ८२५ रुपैयाँ शुल्क लिन पाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved