स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया महिला डाक्टरबाटै, नर्भिकले थाल्यो सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2021 | 03:16:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा सुरु हुने भएको छ । भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सर पीडित बिरामीहरुको उपचार थालेकी हुन् । 

उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर पीडित महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन् । उनको ओपिडी सेवा लिन चाहने महिलाहरुले दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि अस्पतालमा फोन गरेर अग्रिम नाम लेखाउनुपर्ने अस्पतालले जनाएको छ । 

नेपालका अन्य केही अस्पतालहरुमा पनि पुरुष डाक्टरद्वारा यो सेवा उपलब्ध हुँदै आएकोमा अब महिलाबाटै यो उपचार हुने भएको छ । महिलाहरुको संवेदनशील अंग भएका कारण उनीहरुले महिला सर्जनसँग सहज अनुभव गर्ने र संभवतः डा. कार्की नेपालकै पहिलो र एकमात्र स्तन क्यान्सरको उपचार गर्ने महिला सर्जन हुन् ।

‘अहिलेसम्मको अध्ययनको निश्कर्ष हेर्दा महिलाहरुले लाज, धक र डर तथा पुरुष डाक्टर भएकै कारण समयमै ब्रेस्ट क्यान्सरको लक्षणको विषयमा बताउन चाहदैनन्’ डा. कार्की भन्छिन्, ‘तर सर्जन पनि महिला नै हुँदा क्यान्सरबाट पीडित महिलाहरुले समयमै आफ्नो समस्या बताउन सक्छन्, समयमै थाहा भयो भने स्तन क्यान्सरको उपचार संभव छ ।’ 

प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो अध्ययनले देखाएको छ । विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको पनि अध्ययनले देखाईसकेको छ । 

‘उपचारमा संलग्न हामीजस्ता चिकित्सकहरुका लागि राम्रो काम गर्ने वातावरण तयार भयो भने हामीले बिरामीलाई पनि राम्रो सेवा दिन सक्छौं’ डा. कार्कीले भनिन्, ‘यसका लागि नेपालमा नर्भिक नै राम्रो विकल्प हो ।’ 

उनले नेपाली महिलाहरुलाई स्तन क्यान्सरको शंका लागेमा अस्पताल आउने कुरामा ढिलाई नगर्न पनि आह्वान गरेकी छिन् । 

‘पछिल्लो समय स्तन क्यान्सरको उपचार (शल्यक्रिया) स्तन नफ्याली वा नकाटी समेत गर्ने चलन सुरु भएको छ, नर्भिकमा पनि यो सेवा उपलब्ध हुन्छ’ डा. कार्की थप्छिन्, ‘स्तन नकाटी शल्यक्रिया गर्दा पीडित महिलाहरुलाई सामाजिक रुपमा पुनरस्थापित गराउन सहज हुन्छ र उनीहरुको मनोविज्ञानमा पनि ठूलो असर नगर्ने रहेछ । । फिमेललाई साइक्लोजिकल ट्रमाबाट बचाउन सकिन्छ ।’ 

डा. कार्कीले भारत टाटा मेडिकल सेन्टर लगायतका प्रतिष्ठित संस्थाहरुमा ब्रेस्ट क्यान्सर विषयमै फेलोसिप गर्दा ७०० हाराहारी महिलाहरुको शल्यक्रिया गरेकी छिन् । उनीसँग जनरल ल्याप्रोस्कोपिक सर्जनको रुपमा धुलिखेल अस्पताल लगायतमा समेत काम गरेको अनुभव छ । उनले एमबीबीएस भने पाकिस्तानबाट गरेकी हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved