चार्टर्ड एकाउन्टेन्ट्स संघद्वारा अक्सीजन सहितको आइशोलेसन केन्द्र सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2021 | 02:55:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले कोभिड १९ पोजेटिभ भै हाल सामान्य अवस्थामा रहेका बिरामीहरुका लागि अक्सीजन सहितको ३०० शैया क्षमताको आइशोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।    

काठमाण्डौँको नागार्जुन नगरपालिका वडा नं १, ईचङ्गुनारायण रानीवन अवस्थीत नेपाल सरकारको खाली रहेको ब्लक ए भवनमा आज देखी आइशोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।  

उक्त आइशोलेसन केन्द्र अनुमती प्राप्त सर्वाङ्ग स्वास्थ्य सदन सेवा केन्द्र प्रा.लि. संस्थाको  प्राविधिक सहयोगमा एक्यानले अक्सीजन बेड सहितका ३०० शैयाको आइशोलेसन सञ्चालन  गर्ने संघले बताएको छ । यस कार्यमा, स्थानीय सरकार, स्थानीय जनसमुदाय, जनप्रतिनिधि, राजनैतिक दलका  प्रतिनिधि लगायत सम्पूर्ण सरोकारवालाहरुको साथ र समन्वय प्राप्त भएको र आगामी  दिनमा निरन्तर सहयोगको अपेक्षा राखेको संघले जनाएको छ ।  

समयमै कोरोनाको सामान्य लक्षण देखिन साथ अक्सिजनको ब्याकअप र नर्स र चिकित्सकको  २४ सै घण्टा निगरानिमा आइशोलेसनले सेवा उपलब्ध गराउने बताईएको छ । यसलाई ३ महिना सम्म  सञ्चालनमा ल्याइने र हाल सुरुमा ५० शैया अक्सीजनयुक्त रहने आइर्शोलेसन केन्द्र एक हप्तामा पूर्ण क्षमतामा सञ्चालन हुने संघले जनाएको छ । आइशोलेसन केन्द्रमा विमारीहरुले निःशुल्क सेवा लिन सक्ने संघले बताएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved