नेपाल आइपुग्यो अस्ट्रेलियाले प्रदान गरेको स्वास्थ्य सामाग्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2021 | 04:42:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाललाई अष्ट्रेलियाले सहयोग स्वरूप प्रदान गरेको कोभिड- १९ माहामारी विरुद्द अग्रपङ्क्तिमा कार्यरत ब्यक्तिहरुलाई अत्यावस्यक पर्ने स्वास्थ्य सामाग्रीहरु नेपाल आइपुगेको छ। 

अष्ट्रेलियाली वायुसेनाको विमानबाट ल्याइएको उक्त सामग्री आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो। सो सामाग्रीहरु नेपालका लागि अष्ट्रेलियली राजदुत फेलीसीटी वोल्कले नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा लाई हस्तान्तरण गरेकी छन्। 

उक्त सामाग्रीहरु हस्तान्तरण गर्दै राजदुत वोल्कले दक्षिण एसियाका मित्रहरुलाई सहयोग गर्ने अष्ट्रेलियाको क्षेत्रिय कार्य स्वरुप श्रीलंका, भारत र नेपालमा उक्त स्वास्थ्य सामाग्री ल्याईएको बताए। 

नेपाली सेनाले अग्रपङ्क्तिमा रहेर देशभर समुदायमा पुर्याएको महत्वपूर्ण स्वास्थ्य सेवाको सरहना गर्दै यस कार्यलाई थप सहयोग गर्न अस्पताल, आईसोलेसन केन्द्रहरु र शव ब्यवस्थापन स्थलहरुमा प्रयोग गर्न उक्त सामाग्रीहरु प्रदान गरिएको उनले बताइन।

आज ल्याईएका १८ लाख अष्ट्रेलियाली डलर मूल्यका सामाग्रीहरु नेपाली सेनाको अनुरोध अनुरुप वेस्टर्न अष्ट्रेलिया सरकारले प्रदान गरेको सर्जीकल मास्क, फेश शील्ड र पञ्जाहरु रहेका छन् । 

यो सहयोग नेपालमा कार्यरत गैह्रसरकारी संस्थाहरु मार्फत अस्पतालहरुका लागि अक्सिजन र स्वास्थ्य सामाग्री र स्वास्थ्यकर्मीहरु लाई प्रदान गरिने तालीमका लागि गत मे २१ मा घोषित ७० लाख अष्ट्रेलियाली डलर बाहेकको थप सहयोग हो । 

अष्ट्रेलियाली सरकारले कोभ्याक्सको माध्यमबाट नेपाललाई कोभिड(१९ बिरुद्दको सुरक्षित र प्रभावकारी खोप ब्यवस्थापन गर्न सहयोग जारी रहेको छ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved