विवादित छवीका नारायण ढकाल बने तेस्रो पटक औषधि व्यवस्था विभागका महानिर्देशक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2021 | 11:17:00 PM मा प्रकाशित

laxmi  sunrise bank

औषधि व्यवस्था बिभागको महानिर्देशकमा फेरी नारायण ढकाल दोहोरिएका छन्। यससंगै बिभागमा उनी तेस्रो पटक बिभागको महानिर्देशक बन्न पुगेका छन्। 

आज बसेको मन्त्रीपरिषदको बैठकले ढकाललाई तेस्रो पटक बिभागको महानिर्देशकमा नियुक्ति गरेको हो। स्रोतकाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिस्तरीय निर्णय गर्दै ढकाललाई विभागको महानिर्देशकमा नियुक्त गरेका हुन्।

भरत भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाएर उनको ठाउँमा ढकाललाई बिभागको महानिर्देशकमा नियुक्त गरिएको हो। तत्कालिन स्वास्थ्य मन्त्री भानुभक्त ढकालले २९ असोज २०७७ मा मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशकमा नियुक्ति गरेका थिए। 

तर नेपाली कांग्रेस नेतृत्त्वको गठबन्धन सरकार बनेको दुई महिना नपुग्दै भरत भट्टराईलाई हटाएर विवादित छविका नारायण ढकाललाई तेस्रो पटक बिभागको महानिर्देशक बनाइएको हो। 

यस अगाडी ढकाल २०७३ भदौ ३१ देखि विभागको महानिर्देशकको जिम्मेवारीमा थिए। त्यो पनि बिभिन्न विवादमा मुछिएकाले तत्कालिन स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १५ असार २०७६ मा ढकाललाई महानिर्देशकबाट हटाएर पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशक बनाएका थिए ।

तेस्रो पटक बिभागको महानिर्देशक बनेका ढकाललाई भारतीय औषधिको पक्षमा काम गर्ने व्यक्तिको रुपमा समेत बजारमा चर्चा गरिन्छ। यस अगाडी भने उनले नेपाली औषधि उत्पादकहरुलाई अप्ठ्यारो पार्ने गरि नियम ल्याएको आरोप लागेको थियो। 

उद्योगीले नेपाली बजारमा माग हुने ३० थरीका औषधिमा मूलुक आत्मनिर्भर रहेको र ती औषधिको आयातमा कडाई गर्नुपर्ने नीतिगत रुपमा निर्णय भएपनि कार्यन्वयन गर्नलाई ढिलाई गरेको र बिभिन्न अड्चन खडा गरेको ढकालमाथि आरोप छ। 

यस अघि:
-औषधि व्यवस्था विभागका डिजीले मन्त्रालयलाई यसरी झुक्याए
-विभागकै डीजीको ‘बदमासी’ ले अफ्ठ्यारोमा नेपालका औषधि उद्योग
-औषधि उद्योगलाई सरकारको वेवास्ताः २६ वर्षमा १२ निर्णय, कार्यान्वयन शून्य
-गगन थापाको प्रस्तावमा डीडीएका डीजीको ‘कैँची’, अफ्ट्यारोमा नेपालका औषधि व्यवसायी


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved