वीर अस्पतालको नेतृत्त्वसंग स्वास्थमन्त्रीको असन्तुष्टि, सेवा प्रभावकारी हुन नसक्नुको कारणबारे जवाफ माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 27, 2017 | 10:21:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नवनियुक्त स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले बीर अस्पतालको सेवा प्रभावकारी बनाउन नसक्ने भए नयाँ नेतृत्त्वका लागि स्थान खाली गरिदिन निर्देशन दिएका छन। 

तेस्रो पटक स्वास्थ्यमन्त्री बनेका मन्त्री पोखरेलले स्वास्थ्य मन्त्रालयको पदभार सम्हालेको भोलिपल्ट नै आक्रामक रुपमा प्रस्तुत भएका छन। मन्त्री पोखरेलले वीर अस्पतालको १२८ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधनको क्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. गणेश गुरुङ लगायतका कर्मचारीलाई वीर अस्पतालको सेवा प्रभावकारी हुन नसक्नुको कारणबारे जवाफ माग गरेका छन।      

'उमेर ढल्दै गएका अनुभवी पाका मान्छेहरुले धेरै कुरा गर्न सक्नुहुन्न भने तपाईहरुले सहजताका साथ नयाँ नेतृत्व ल्याउने गरी सोच्नैपर्छ । नेतृत्व वीरको माग पनि हो' उनले भने। 

मन्त्री पोखरेलले बीर अस्पताल जागिर खान आउने ठाउँ नभएको बताउदै अस्पतालका उपकुलपतिदेखि तल्लो कर्मचारीसम्मलाई आफ्नो कामको समिक्षा गर्न निर्देशन दिए। यस अघि आफु स्वास्थ्यमन्त्री हुँदैको एक घटनालाई स्मरण गर्दै पोखरेलले 'म स्वास्थ्यमन्त्री छदै मिर्गौलाको बिरामीले वीरमा डायलासिस सेवा नपाएकै कारण ज्यान गुमाउनु परेको थियो, अस्पतालका मेसिनलाई आराम चाहिदैन तैपनि अस्पताल किन चलिरहेको छैन' उनले प्रश्न गरे।      

मन्त्री पोखरेलले बीर अस्पतालको सुधार अब सामान्य गतिबिधिले सम्भव नहुने बताउदै बीरमा नयाँ नेतृत्त्व आवश्यक रहेको बताए। 'मुलुककै ठुलो बीर अस्पतालमा क्षमतावृद्धि, नेतृत्वकर्ता तथा कार्यक्षमता नै प्रमुख समस्या भएकाले यसको नेतृत्त्व लिएकाले अब सोच्नु पर्छ' उनले भने। 

उनले वीरमा नेतृत्व सही भए आफूहरुले सोच अनुसार काम गर्न सक्ने बताए। ‘हामीले हाम्रा मान्छेलाई दिल्ली, सिंगापुर किन पठाउने ? देश हो भने त्यसमा भएका सेवासुविधा प्राप्त हुन्छ भन्ने प्रत्याभूति गर्न सक्नुपर्‍यो र वीरले ती कुरा गर्न सक्दैन भने कसले गर्न सक्छ ?’ उनले प्रश्न गरे ।


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved