उद्योग संघद्वारा स्थानीय तहलाई अर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 05, 2020 | 01:54:16 PM मा प्रकाशित

laxmi  sunrise bank

जिल्लाभरीका उद्योगीहरुको छाता संगठन रुपन्देही उद्योग संघले रुपन्देही जिल्ला भरका स्थानीय तहहरु र बुटवल धागो कारखानामा निर्माण भएको बुटवल कोरोना अस्पताललाई नगद रकम सहयोग प्रदान गरेको छ ।

 संघले कोरोना अस्पताललाई ३ लाख ५१ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ भने जिल्लाका १६ वटै स्थानीय तहमा प्रत्यक्ष पुगेर तहका प्रमुखज्यूहरुलाई सहयोग रकम प्रदान गरिएको छ । 

 संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्व र संघका पदाधिकारीको सहभागितामा बुटवल उप महानगरपालिकालाई .५१ हजार रुपैयाँ जिल्लाका ५ वटा नगरपालिकालाई २५ हजार रुपैयाँ र १० वटा गाउँपालिकालाई १५ हजार रुपैयाँका दरले नगद राहत हस्तान्तरण गरिएको हो ।

 संघले कोरोनाबाट प्रभावित उद्योगहरुको संरक्षणका लागि यस अघि नै अर्थमन्त्री एवं नेपाल सरकारलाई सुझाव स्वरुप संघको तर्पmबाट ज्ञापन पत्र बुझाई सकेको छ । 

संघले कोभिड १९ बाट बच्न यस अघि नै सचेतनामूलक अभियान मास्क वितरण लगायतका कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved