महासंघ निर्वाचनः यी हुन् प्रधान समूहका ४८ उम्मेद्वार (नामसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2020 | 10:30:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि २ समूहले उम्मेद्वारी दर्ता गराएका छन् । आगामी अध्यक्ष शेखर गोल्छाको समेत समर्थन पाएको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान समूहले सोमबार उम्मेद्वारी दर्ता गराएसँगै सबैजसो उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

प्रधान समूहले कोरोना भाइरसको संक्रमणलाई ध्यान दिँदै चरणबद्ध रुपमा मनोनयन दर्ता गराएको यो समूहका निर्वाचन प्रचारप्रसार संयोजक अरुणराज सुमार्गीले जानकारी दिए ।

‘अहिले संक्रमणको दर बढ्दो क्रममा छ, यस्तो अवस्थामा स्वास्थ्य प्रोटोकलको पालना गर्नु नै मुख्य जिम्मेवारी हो’ उनले भने, ‘प्रोटोकललाई ध्यान दिएरै हाम्रो समूहले हामीलाई समर्थन गर्ने पूर्व अध्यक्षहरुलाई पनि मनोनयनन दर्ताको क्रममा महासंघको कार्यालयमा नलगी केवल उहाँहरुको आर्शिवाद लिएर उम्मेद्वारै पिच्छे पालैपालो मनोनयन दर्ता गराएको छ ।’

वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधान, जिल्ला नगर तर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फ उपाध्यक्षमा अन्जन श्रेष्ठ, एशोसिएटतर्फ उपाध्यक्षमा सौरभ ज्योती र बाँकी ४४ सदस्य गरी ४८ जनाको मनोनयन दर्ता भएको हो । ज्योति भने कोरोना संक्रमित भएर हाल आइसोलेशनमा छन् ।

जिल्ला नगर तर्फ उपाध्यक्ष सहित १५, वस्तुगततर्फ उपाध्यक्ष सहित १६ र एशोसिएट्सतर्फ उपाध्यक्ष सहित १६ जनाले मनोनयन दर्ता गराएको सुमार्गीले जानकारी दिए । एशोसिएट्सतर्फ मनोनयन दर्ता गराएका १६ मध्ये १२ जना पूरानै अनुहार छन् ।

यी हुन् प्रधान समूहका उम्मेद्वारः 

वरिष्ठ उपाध्यक्ष

किशोर प्रधान 

जिल्ला नगरतर्फः

उपाध्यक्ष

दिनेश श्रेष्ठ

सदस्यहरुः

अरुणराज सुमार्गी (पराजुली)

मोहन साह

जगत खड्का

यज्ञ प्रसाद भट्टराई

कमान बहादुर खड्का

महेन्द्र श्रेष्ठ

अशोक अमात्य

तारानाथ घिमिरे

उमेश घिमिरे

रोमश्वर मानन्धर

अशोक ताम्राकार

गजेन्द्र भगत

गोपाल केडिया 

देव कुमार श्रेष्ठ

वस्तुगततर्फः

उपाध्यक्ष

अन्जन श्रेष्ठ

सदस्यहरुः

अरनिको राजभण्डारी

अशोक शर्मा

विप्लवमान सिंह

विष्णु गैरे

दिपक दाहाल

गोविन्द ढुङ्गेल

माधवलाल श्रेष्ठ

मनीषलाल प्रधान

मिन मान श्रेष्ठ

राम बहादुर श्रेष्ठ

सकुन्तलाल हिराचन

सन्दीप अग्रवाल

शारदा रिसाल

शिव घिमिरे

सुनिल गोपाल श्रेष्ठ

एशोसिएट्सतर्फः 

उपाध्यक्ष

सौरभ ज्यौती

सदस्यहरुः

विजय सिंह वैद्य

रञ्जित आचार्य

कृष्णप्रसाद दुलाल

राजेश अग्रवाल

शाहिल अग्रवाल

आनन्द वगरिया

मङ्गेशलाल श्रेष्ठ

अशोक टिमानी

सुनिल नारायण श्रेष्ठ

ज्योत्सना श्रेष्ठ

प्रबलजंग पाण्डे

सन्दीप गडिया

हेमन्त गोल्छा

शक्ति बेगानी

उदीप श्रेष्ठ

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved