स्पाइसी फिसको उत्पादन नेपालमै सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2021 | 03:12:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा स्पाईसी इन्स्ट्यान्ट फिसको उद्योग सञ्चालनमा आएको छ । सिक्सभिल्ला कम्पनीले यही असार पहिलो साताबाट हेटौँडा औद्यागिक क्षेत्रभित्र उद्योग सञ्चालनमा ल्याएको हो । 

पहिला नेपालमा स्पाइसी फिस चीनबाट आयात गरी विक्री वितरण गरिन्थ्यो भने अब नेपालमै उत्पादन सुरु गरिएको छ । यसका लागि आवश्यक कच्चा पदार्थ भने केही मात्रामा नेपालबाटै व्यवस्थापन गरिने र केही मात्रामा बाहिरी मुलुकबाट ल्याइने सिक्सभिल्ला कम्पनीका क्षेत्रीय म्यानेजर दिपक प्रसाद नेपालले विजपाटीलाई बताए । 

कोरोना महामारीका कारण कच्चा पदार्थको सहज रुपमा व्यवस्थापन गर्न नसकिएकोले जति मात्रामा उत्पादन क्षमता हो त्यही अनुरुप उत्पादन हुन सकेको छैन नेपाल भन्छन् ‘हाम्रो उत्पादन क्षमता प्रतिदिन लगभग ३ सय कार्टुन रहेको छ । तर कोरोना महामारीका कारण र उद्योगको भर्खर सुरुवात भएकोले बजार विस्तार हुँदै गर्दा अहिले दैनिक ३० देखि ५० कार्टुन उत्पादन भई रहेको छ । कोरोना महामारी कम हुँदै गएर बजार सामान्य अवस्थामा फर्केपछि क्षमता अनुसार उत्पादन हुन्छ ।’

त्यस्तै, कम्पनीका जनरल म्यानेजर संगम मैनालीले बजारको मागअनुसार ७७ वटै जिल्लामा माछा जाने र आवश्यकताअनुसार उत्पादन बढाउँने बताए । अहिले कम्पनी भित्र काम गर्ने जनशक्ति २०/२५ जना रहेको र विस्तारै उत्पादनकोे माग अनुरुप जनशक्ति बढाइने उनले जानकारी दिए । 

एक कार्टुनमा १ सय ८० पिस हुने बताउँदै मैनालीले कम्पनीमा इस्पाइसी फिस नयाँ उत्पादन भएको र अबको १ सातामा मूल्य निर्धारण गरी बजारमा वितरण गरिने जानकारी दिए । 

सिक्सभिल्ला कम्पनी स्थापना भएको ९ वर्ष पुरा भइसकेको छ भने यसले माछासँगै पाप्पड, कुरकुरे, क्रयाकर, लगायत अन्य उत्पादनहरु विक्री वितरण गर्दै आएको उनले बताए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved