मुरारका समूहले १ अर्ब लगानीमा खोल्यो बिलेट उद्योग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 04:55:49 PM मा प्रकाशित

laxmi  sunrise bank

मुरारका समूहले नयाँ बिलेट उद्योग सञ्चालनमा ल्याउने भएको छ । सुनसरीको दुहबीमा उद्योग राखेर मुरारका समूहले फलामे डण्डीका लागि आवश्यक बिलेट उत्पादन गर्न लागेको हो ।

उद्योगमा १ अर्बको लगानी रहने छ । कोरोनाका कारण उद्योगले उत्पादन सुरु गर्न केही ढिला भएको बताईएको छ । सञ्चालक प्रदीप मुरारकाका अनुसार विद्युतको खपत बढाउँदै लैजाने उदेश्य अनुसार पूर्वमै पहिलोपटक मुरारका समूहले स्टिल बिलेट उद्योग सुरु गर्न लागेको हो ।

क्षमता कति ?

उद्योगबाट दैनिक ३ सय टन बिलेट उत्पादन हुने दाबी गरिएको छ । दैनिक २० मेगावाट विद्युत खपत हुने यो उद्योगले तयारी डण्डी पनि प्रतिदिन ३ सय टन उत्पादन गर्ने बताईएइको छ । 

डण्डी बनाउन आवश्यक मुख्य कच्चा पदार्थ नै बिलेट भएकाले हाल विदेशबाट बिलेट आयात गर्नुपर्ने बाध्यता छ । अन्तराष्ट्रिय बजारमा बिलेटको मूल्यमा उतारचढाव आईरहने भएकाले स्वदेशमै बिलेट गर्न लागिएको सञ्चालक मुरारकाको भनाई छ ।

‘विदेशी बजारमा बिलेटको भाउ घटबढ हुनासाथ त्यसको असर हाम्रो तयारी डण्डीमा पर्छ’ उनी भन्छन्, ‘तर, हामी आफैँले बिलेट पनि उत्पादन गरेपछि विदेशमा भाउ बढेर हामीलाई असर हुँदैन ।’ 

भारतबाट बिलेट बनाउने कच्चा पदार्थ (स्पन्ज आइरन) ल्याएर बिलेट उत्पादन गर्ने भएको छ । कच्चा फलामलाई टुक्रा टुक्रा बनाईएको गिट्टी आकारका फलामलाई स्पन्ज आइरन भनिन्छ  ।

विद्युतको खपत बढाउने लक्ष्य

देशमै बिलेट बनाएर डण्डी बनाउँदा लागत खर्च पनि कम हुने मुरारकाको भनाई छ । कच्चा फलामको धाउलाई फुटाएर बनाईएको स्पन्ज आइरनलाई १६०० डिग्री तापक्रममा पगालपछि स्टिल बिलेट बन्ने गर्छ । 

स्पन्ज आइरनबाट बिलेट बनाउँदा प्रतिटन १ हजार युनिट बिजुली खपत हुन्छ  । बिलेटबाट डण्डी बनाउँदा प्रतिटन १ सय युनिट बिजुली भए पुग्छ । यसले नेपालकै बिजुलीको खपत बढाउने मुरारका समूहको दाबी छ ।

बिलेटबाट डण्डी बनाउँदा कन्भर्जन कष्ट प्रतिटन ५ हजार रुपैयाँ लाग्छ भने बिलेट बनाउँदा प्रतिटन कन्भर्जन कष्ट २० हजार रुपैयाँ लाग्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved