प्रधानमन्त्रीले गरे अपर तामाकोशीको उद्घाटन, १० वर्ष अघि झलनाथले गरेका थिए शिलान्यास

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 05, 2021 | 05:55:30 PM मा प्रकाशित

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रधानमन्त्री कार्यालय मार्फत भर्चुअल माध्यमबाट रिमोट थिचेर आयोजनाको उद्घाटन गरेका हुन् ।

आयोजनाको पहिलो युनिटबाट आज विद्युत उत्पादन गरिएको हो । स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माण भएको यस आयोजनामा ७६÷७६ मेगावाटका ६ युनिट रहेको रहेको छ। पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश ः विद्युत उत्पादन हुनेछ । प्रसारण लाइनमा जोडिएपछि १५ दिन परिक्षण मात्र हुने छ । आयोजनाले यस अवाह्दीको विद्युत प्राधिकरणलाई दिएको पैसा पाउदैन । त्यसपछि भने आयोजनाले विद्युत बिक्रि गरे वापतको पैसा पाउने छ । 

 आयोजनाबाट उत्पादित विद्युत गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिएको छ  । खिम्ती–ढल्केबर प्रसारण लाइन ७६ किलोमिटर रहेको छ  । 

आयोजनाको साइट कार्यालयआयोजनास्थलसम्मको पुहँच सडकपुललगायतका पूर्वाधार निर्माणको कार्य आर्थिक वर्ष २०६२÷६३मा र मुख्य संरचनाहरुको निर्माण आर्थिक वर्ष २०६७÷६८मा सुरु भएको थियो ।  २०६८ साल जेठ ४ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजनाको शिलान्यास गरेका थिए । त्यस समय उर्जा मन्त्री गोकर्ण विष्ट थिए  । 

२०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोधमधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा  आएको समस्याडिजाइन परिवर्तन,हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरु उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएकोबाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेकोकेही संरचनाको डिजाइन हेरफेरमहामारीको रुपमा विश्वभर फैलिएको कोभिड–१९ लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।  
लट २ को  ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल (लट ३) को ठेकदारलाई दिइएको थियो । 

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा करिब एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved