सर्वाेत्तम सिमेन्ट र सर्वाेत्तम स्टीलका ठेकेदारहरुको ७ लाखको दुर्घटना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2022 | 06:07:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट तथा सर्वाेत्तम स्टीलले आफ्ना ठेकेदार लक्षित एक प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्पmत कम्पनीले “सर्वाेत्तमको न्यानो सौगात” नामक योजनाको समेत सुरुवात गरेको छ । 

कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आप्mनो साइट रजिष्टर गराए बापत सर्वाेत्तम स्टीलको तर्पmबाट ट्रयाक–सुट उपहार तथा सार्वाेत्तम सिमेन्टको तर्पmबाट ट्रयाक–सुटका साथै कुनैपनि किसिमका दुर्घटना विरुद्ध ७ लाखको बीमाको सुविधा पाउनेछन् ।

हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १ हजार ठेकेदारहरुका लाागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ । 

यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झा द्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम समेत प्रदान गराइएको थियो । 

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved