गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रलाई दिन सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 24, 2022 | 05:54:12 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी लगानीमा रहेका गोरखकाली रबर उद्योग र बुटवल धागो कारखाना निजी क्षेत्रबाट प्रस्ताव आह्वान गरी सञ्चालन गर्न सिफारिस गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले गत १५ कात्तिकमा बन्द रहेका उद्योग पुनः सञ्चालन गर्न मोडालिटी अध्ययन गर्न कार्यदल गठन गरेका थिए । उक्त कार्यदलले बुटवल धागो कारखाना र गोरखकाली रबर उद्योग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन सिफारिस गरेको हो ।

गोरखकाली रबर उद्योग २०७१ चैतदेखि र बुटवल धागो कारखाना २०६४ सालदेखि बन्द अवस्थामा छन् ।

उद्योग मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलको संयोजकत्वमा गठित कार्यदलमा अर्थमन्त्रालयबाट सहसचिव रमेशकुमार केसी र पाराश्वर ढुंगाना तथा उपसचिव गगनबहादुर विके सदस्य रहेका थिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved