अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 09:44:52 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको प्रतिस्थापन बजेटमार्फत साहिल अग्रवाल र विष्णु न्यौपाने लगायतका ६ उद्योगीलाई स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिएका अर्थमन्त्री जनार्दन शर्माले आगामी बजेटमा पनि यी २ भाइलाई नै फाइदा पुग्ने नीति ल्याईदिएका छन् । 

आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले मासिक १० करोड शुल्क भन्दा बढीको बिजुली खपत गर्ने उद्योगलाई न्यूनतम २ देखि १५ प्रतिशत छुट दिने घोषणा गरे । सिमेन्ट उत्पादकतर्फ मासिक १० करोडको बिजुली खपत गर्ने उद्योग छैनन् । ठूला उद्योगतर्फ फलामे डण्डी उत्पादन गर्ने २ उद्योगले मात्रै मासिक १० करोडको बिजुली खपत गर्दै आएका छन् । 

नेपाल विद्युत प्राधिकरणका अनुसार साहिल अग्रवाल (शंकर ग्रुप) को जगदम्बा स्टील र विष्णु न्यौपानेको सर्वोत्तम स्टीलले मात्रै हाल मासिक १० करोड रुपैयाँ बढीको बिजुली खपत गर्दै आएका छन् । यी २ वटै उद्योगले स्पञ्ज आइरन आयात गरेर बिलेट बनाउँछन् ।

मासिक १० करोडको बिजली खपत गर्दा साहिल अग्रवाल र विष्णु न्यौपानेको उद्योगले महिनामा १ करोड ५० लाख छुट पाउने छन् । मासिक १ करोड ५० लाखका दरले वर्षमा १८ करोड रुपैयाँ बिजुलीको शुल्क तिर्न नपर्ने नीतिगत व्यवस्था नै अर्थमन्त्रीले गरिदिएका हुन् । विष्णु न्यौपानले पनि वार्षिक १८ करोड नै छुट पाउने छन् ।

उत्पादनमूलक क्षेत्रका उद्योगीहरुले भारतलाई प्रति युनिट ४ रुपैयाँमा बिजुली बिक्रि गर्नु भन्दा नेपालमा आफुहरुलाई बिद्युत महशुलमा छुट दिनुपर्ने माग अर्थमन्त्री समक्ष राखेका थिए । तर, अर्थमन्त्रीले अग्रवाल र न्यौपानेलाई फाइदा हुने गरी बिजुलीको महशुल छुटको नीतिगत व्यवस्था गर्ने घोषणा गरिदिए ।

यस अघि:

- अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ?

अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved