भृकुटीमण्डपको मेलामा जुत्ता चप्पल किन्दा ७० प्रतिशतसम्म छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2022 | 09:55:23 AM मा प्रकाशित

laxmi  sunrise bank

भृकुटी मण्डपमा जुत्ता चप्पल मेला जारी छ । जहाँ १ हजार भन्दा बढी मोडलका जुत्ता चप्पल ३० देखि ७० प्रतिशतसम्म छुट पाईने आयोजकले जनाएको छ । 

मेलाका संयोजक रामहरि तोलाङ्गका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा राखेर बिक्री गर्न व्यवसायीहरू सहमत भएकाले जुत्ताचप्पल सस्तोमा उपलब्ध गराउन सकिएको हो ।  

“व्यापार धेरै भएपछि छुट पनि धेरै दिन सकिने भएकाले हामीले ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ,” संयोजक तोलाङ्गले भने ।

मेलामा झण्डै १ दर्जन जुत्ता चप्पल उद्योगहरूको उत्पादन राखिएको शिखर सुका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले जानकारी दिए । आफूहरूले विगतमा आयोजना गरेका यस्तै मेलामा ग्राहकहरूको आकर्षण बढेकाले ग्राहककै माग अनुसार यस पटक पनि मेला आयोजना गरिएको उनको भनाई छ ।

मेलामा आएका उपभोक्ताले नेपाली उद्योगले नै उत्पादन गरेको जुत्ता चप्पल पनि अहिले विदेशी जुत्ता चप्पलभन्दा राम्रो हुने गरेको भन्दै सन्तुष्टि जनँएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved