अर्थमन्त्री शर्माको कर्तुत लुकाउन साहिल अग्रवाल र बिष्णु न्यौपानेको ‘मिडिया स्टन्ट’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 04:23:43 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माको ‘कर्तुत’ लुकाउन व्यवसायी साहिल अग्रवाल र विष्णु न्यौपानेको ग्रुप अब 'मिडिया स्टन्ट' मा लागेका छन्। आगामी आर्थिक बर्षको बजेटमार्फत साहिल अग्रवाल र विष्णु न्यौपाने समूहलाई पोस्ने निर्णय गरेर विवादमा आएका अर्थमन्त्री शर्माको कर्तुत लुकाउन यिनै व्यवसायी समूह 'मिडिया स्टन्ट' मा लागेका हुन्। 

अर्थमन्त्री शर्माले प्रतिस्थापन बिधेयकमार्फत स्पन्ज आइरन ल्याएर फलाम बनाउनेलाई भन्सार र अन्तःशुल्क छुट दिने निर्णय गरेका थिए। यस निर्णयबाट साहिल अग्रवाल र विष्णु न्यौपाने सहितका ६ व्यवसायी प्रत्यक्ष रुपमा लाभान्वित भएका थिए।

स्पन्ज आइरनको आयातमा भन्सार महशुल १ प्रतिशत कायम गरि अन्तशुल्क पूर्ण छुट गरिएको छ भने बिलेट आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरि भन्सार बिन्दुमै २५०० लाग्दै आएको अन्तशुल्कलाई बढाएर ३५०० प्रति मेट्रिक टन कायम गरिएको छ। 

यो निर्णयले नेपालमा संचालित ३० डण्डी उद्योगहरुमध्ये स्पन्ज आइरन तथा पत्रु पगालेर डण्डी बनाउने शाहील अग्रवाल  र बिष्णु न्यौपाने सहितका ८ उद्योगलाई मात्र एक पक्षीय रुपमा अत्यधिक लाभ मिलेको छ। भने, बाँकी २२ उद्योग या त व्यवसाय बन्द गर्ने वा नेपालमै स्पन्ज आइरन पगाल्नलाई 'मेल्टिङ युनिट' राख्नुपर्ने बाध्यतामा पुगेका छन्।

यो समूहले एकातर्फ भन्सार र अन्तःशुल्क छुट मार्फत वर्षमा झन्डै ४ अर्ब रुपैयाँ कमाएको छ भने अर्को तर्फ बिलेट ल्याएर फलाम बनाउने उद्योगलाई प्रतिस्थापन गर्दै बजारमा आफ्नो एकाधिकार जमाउँदै गएको छ।   

नेपालमा मात्र नभई विश्वका कुनै पनि मुलुकले वातावरण तथा स्थानीय जनताको स्वास्थ्यमा हानि पुर्याउने उद्योगलाई महँगो अन्तःशुल्क लगाउने गर्दछन् । तर, अर्थमन्त्री जनार्दन शर्माले भने छिमेकि मुलुक चीन लगायतका देशले पूर्ण रुपमा प्रतिबन्ध लगाएको इन्डक्सन फर्नेस विधिबाट उत्पादन भईरहेका स्पन्ज आइरन उद्योगलाई नै प्रोत्साहन दिएका हुन्। 

यसअघिः
अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार

अर्थमन्त्री शर्माले स्पन्ज आइरनलाई भन्सार र अन्तःशुल्क छुट दिँदा नेपालमा रोजगार बढ्ने, बिद्युत खपत बढ्ने, बिदेशी मुद्रा बाहिरन कम हुने र उद्योग थप हुँदै जाने तर्क दिंदै आएका छन्। 

तर बिद्युत खपतमा सामान्य वृद्धि हुनु बाहेक उनका सबै तर्क झुट साबित भएका छन्। आजका दिनमा स्पन्ज आइरनबाट बिलेट बनाउन प्रयोग हुने ९९ प्रतिशत कामदार भारतीय रहेका छन् । यति मात्र नभई स्पन्ज आइरन ल्याउँदा छुट पाएका साहिल अग्रवालको जगदम्बा स्टिल र विष्णु न्यौपानेको सर्वोत्तम स्टिल लगायतका यो समूहको उद्योगीले अहिले पनि स्पन्ज आइरनको साथसाथै बाहिरबाटै बिलेट पनि आयात गरिरहेका छन्। 

त्यतिमात्र नभई २०७२ सालको भूकम्पपश्चात निर्माणको काममा ५०० डी गुणस्तरको स्टिल प्रयोग गर्नुपर्ने व्यवस्था बिपरित यी उद्योगहरुले फलामे डण्डी उत्पादन गरिरहेका छन्। विदेशबाट स्पन्ज आइरन ल्याएर त्यसलाई पगालेर डण्डी बनाउने साहिल अग्रवाल सहितका यी उद्योगीका उद्योगसँग ५०० डी गुणस्तरको फलामका लागि चाहिने बिलेट बनाउने प्रविधि नै छैन। यसले पनि नेपालमा यी उद्योगहरुले ५०० डी भन्दा कम गुणस्तरको डण्डी उत्पादन गरिरहेका छन् भन्ने देखाउँछ।  

मिडिया स्टन्ट 

स्पन्ज आइरन ल्याएर डण्डी बनाउने उद्योगलाई भन्सार र अन्तःशुल्क छुट दिने निर्णयले एकातर्फ स्टिल उद्योगीहरु पनि विभाजित भएका छन्। अर्कोतर्फ छुटको नाममा राज्यले अर्बौ रुपैयाँ राजश्व गुमाउने र बजारमा सिन्डिकेट कायम हुँदा जनताले महँगोमा डण्डी किन्नुपर्ने भएपछि अर्थमन्त्री शर्माको सडकदेखि सदनसम्म आलोचना भएको छ। 

यो पनिः
बजेटमा बिष्णु न्यौपानेको ‘सेटिङ’: मन्त्रीबाट हटेपनि जनार्दनलाई महिनैपिच्छे कमिशन !

यसरी चौतर्फी आलोचना भएपछि आफ्नो कर्तुत लुकाउन अर्थमन्त्री शर्माले साहिल अग्रवाल, बिष्णु न्यौपाने निकटका आर्थिक मिडियामा ठुलो रकम लगानी गरि अर्थमन्त्रीको निर्णय सहि हो भन्ने देखाउन झुटो तथ्य सार्वजनिक गर्न थालेका छन्। 

अर्थमन्त्रीको निर्णयले नेपालमै स्पन्ज आइरन उद्योग राख्नलाई प्रतिस्पर्धा भएको र झन्डै १० अर्ब रुपैयाँ बराबरको आधा दर्जन कम्पनी संचालनमा आउन लागेको हल्ला चलाएका छन्। 

अर्थमन्त्रीको निर्णय पश्चात विदेशबाट बिलेट ल्याएर नेपालमा डण्डी बनाउने उद्योगहरु मध्ये केही उद्योग बन्द भईसकेका छन् भने केही उद्योग ‘मर्नु भन्दा बहुलाउनु वेश’ भन्ने मनशायले स्पन्ज आइरन पगालेर डण्डी बनाउने र त्यहीँ डण्डीमार्फत फलाम बनाउने उद्योगमा रुपान्तर हुँदै छन्, तर पूर्ण क्षमतामा भने होइन। 

बिलेट ल्याएर डण्डी बनाउने उद्योगहरु पनि बाहिरबाट बिलेट ल्याएर डण्डी बनाउँदा लगात बढ्ने र राज्यबाट छुट पाएका साहिल अग्रवाल लगायतका उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि ऋण गरेर मेल्टिङ युनिट राख्न बाध्य भएका हुन् । यिनीहरुले पनि जुन क्षमतामा हिजोका दिनमा बिलेटबाट डण्डी बनाउँथे त्यो भन्दा एक चौथाई क्षमताको मात्रै मेल्टिङ युनिट राखेका छन्। 

यो पनिः
दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटः दुई व्यापारीलाई २ अर्ब छुट

नेपालमा बार्षिक १४ हजार मेट्रिक टन फलामको माग भएपनि अहिले नै स्पन्ज आइरन ल्याएर होस् वा बिलेट ल्याएर होस्, डण्डी बनाउने उद्योगको क्षमता ५० हजार मेट्रिक टनको रहेको छ।  

यसरी बाध्य भएर मेल्टिङ युनिट राख्ने तयारी गरेका उद्योगहरुमा शारडा र एके राठी ग्रुपको प्रिमियर स्टिल, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठको सिद्धिलक्ष्मी स्टिल, विजय स्टिल र हिमाल स्टिल रहेका छन्। 

पहिल्यैदेखि मेल्टिङ युनिट राखेका उद्योगहरुमा साहिल अग्रवालको जगदम्बा स्टिल र बिष्णु न्यौपानेको सर्वोत्तम स्टिल हुन् । श्री स्टिलले पनि गत फागुनबाट स्पन्ज आइरन पगालेर बिलेट बनाउन सुरु गरेको छ।

बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

-अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार 

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

-दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ? 

-  जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?

गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै 

-  जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved